नरेश गुप्ता

बरियारपुर,सदरमुकाम कलैयास्थित पूजा लजमा शनिबार बिहान प्रहरीले एकजना भारतीय नागरिकको शव फेला पारेको छ । प्रहरीले भारतको उत्तर प्रदेश मुजर्फपुर नगर खालातार बस्ने वर्ष ३८ का सैयद ईमरान जैदीको लजभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित सो लजको ४ नम्बर कोठामा माघ ४ गतेदेखि बस्दै आएका जैदी मृत अवस्थामा फेला परेका हुन । सो कोठामा २ जनासंगै बस्दै आएकोमा अर्का एकजना भने माघ ७ गते नै बाहिरिएकोे लज संचालकले प्रहरीलाई जानकारी दिएका छन ।

कोठाबाहिरबाट बोलाउदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि संचालकले अस्थायी प्रहरी पोष्ट बसपार्कमा बिहान ११ बजे खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोलीले नाकबाट रगत बगेको र मृत अवस्थामा जैन फेला पारेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here