निजगढ,निर्माणाधिन निजगढ काठमाण्र्डौं दु्रतमार्गको मोहोरीमा पिकअप गाडी दुर्घटना हुँदा १ दर्जन यात्रु घाइते भएकाछन ।इलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारीअनुसार मकवानपुरको बकैया गाउँपालिकाबाट यात्रु बोकेर निजगढ १ सिंगौलतर्फ आउदै गरेको म.प्र.०३–००१ च ६३८२ नम्बरको पिकअप निजगढको मोहोरी पार्कबाट उत्तरतर्फ बकैया गाउँपालिका २ मा बुधवार राति ८.३० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर निजगढ ३ बस्ने जितलाल बोम्जनको छोरी बर्ष १४ की शान्ती बोम्जन, निजगढ ३ बस्ने जितबहादुर गोलेको श्रीमती बर्ष ६० की फुलमाया गोले, निजगढ ३ बस्ने उत्तम मोक्तानको छोरी बर्ष १३ की सपना मोक्तान निजगढ ७ बस्ने मानबहादुर गोलेको छोरा बर्ष २८ को सोमबहादुर गोले घाइते भएका छन ।

त्यसैगरी दुर्घटनामा निजगढ ४ बस्ने बर्ष ७५ को सुकराम घिसिङ, मकवानपुरमढी गाउँपालिका ५ बस्ने कृष्णा तामाङको छोरी बर्ष ११ की आशा तामाङ, सोही ठाउँ बस्ने कृष्णा तामाङको श्रीमती बर्ष ३० की पुजा तामाङ, बर्ष १३ की स्मृती तामाङ, बकैया गाउँपालिका ५ बस्ने दुर्गा घलानको श्रीमती बर्ष ४४ की बिन्दु घलान, बकैया २ का उत्तम मोक्तानको छोरा बर्ष २१ को रिजन मोक्तान र उनकै अर्का छोरा बर्ष १६ को सुजन मोक्तान घाइते भएका हुन ।

घाइतेहरु सबै सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचारपछि बिहीवार नै घर फर्किसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभएको छ ।प्रहरीले पिकअप चालक निजगढ ७ माझी टोल बस्ने टिकबहादुरको छोरा बर्ष २९ को क्षेत्र पुलामी मगरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

Leave a Reply