कृपा संवाददाता
बिरगंज – बिरगंज कारागार भित्र कोरोना भाईरसको कारण उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गरी आईतबारबाट कैदीबन्दी भेटघाटलाई व्यवस्थित गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । कारागार व्यवस्थापन विभागद्वारा बिरगंज कारागारलाई गरेको परिपत्र अनुसार एक जना कैदी बन्दीलाई परिवारको एक सदस्यले बढीमा १५ मिनेट उच्च स्वास्थ्य सतर्कताका साथ भेटन पाउने व्यवस्था गरिएको छ ।

 

 

 

कैदी बन्दी भेटन आउने परिवारजनका सदस्यले अनिवार्य रुपमा हात धुनुका साथै मास्क लगाएर आउनु पर्ने तथा कैदी बन्दीले पनि मास्क लगाएर भेटने व्यवस्था मिलाईएको बिरगंज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए । भेटन आउने व्यक्ति स्वस्थ्य हुनु पर्ने, ज्वरो, रुघा खोकी लागेको हुन नहुने, कुनै पनि किसिमको खाद्य पदार्थ अर्को सूचना नभईन्जेलका लागि ल्याउन नपाईने व्यवस्था मिलाईएको कारागारका प्रमुख पोखरेलले बताए ।

 

 

 

 

 

 

त्यसैगरी बिरगंज कारागारमा रहेका कैदीबन्दीहरुको लागि सीप बिकास मार्फत स्वरोजगार प्रवर्द्वनमा सहयोग पुर्याउन उद्देश्यले घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा आईतबारबाट कैदी बन्दीहरुका लागि एक महिने हाउस वेरिङ तथा ब्युटिशियन तालिम शुरु भएको छ ।

 

 

 

 

तालिमको उद्घाटन गर्दै कारागारका प्रमुख श्रवण कुमार पोखरेलले कारागार भित्र तालिम दिएर कैदी बन्दीलाई स्वरोजगार बनाउन घरेलुले खेलेको भूमिका महत्वपूर्ण रहेको जनाए । यसैविच कारागारका कैदी बन्दीलाई चिसो पानी खुवाउने उद्देश्यले कारागार भित्र शम्भु शरण कलवारले दुइ थान वाटर कुलर जडान गरेको कारागार प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here