हालै प्रदर्शनमा रहेको एक नेपाली चलत्रिचकी नायिकाले आफूमाथि दुव्र्यवहार भएको आरोपमा एकजनालाई सार्वजनिक स्थानमा थप्पड हानिन् अनि सोही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । अनि प्रहरीले उनलाई करिब २४ घण्टा हिराशतमा राखेर रिहा गरिदिएको छ । नेपाली सिने क्षेत्रकै सवल नायकको रुपमा देखिएका पल शाह अहिले पनि थुनामा छन् र उनीमाथि बलात्कारको आरोप लागेको छ । एक गायिका उमेरले किशोरी तर कानुनले नाबालिकामाथि बलात्कार गरेको अभियोग उनीमाथि छ । तर, समय बित्दै जाँदा ती किशोरीले आफूलाई पलले बलात्कार नगरेको बताइ सकेकी छन् । तथापि पल थुनामा छन् । यी नेपालमा भएका पछिल्ला दिनका महिला हिंसासंग जोडिएका केही बहस हुनुपर्ने बिषयहरु हुन् । अझै पछिल्ला दिनमा बलात्कार वा यौंनजन्य हिंसाका सवालमा हदम्याद हटाउने कुरा आएको छ । यसको मतलब अब नेपालमा कुनैपनि व्यक्ति हरपल सचेत हुनुपर्ने छ ।

आफूले विवाह गर्नका लागि तयार अवस्थामा राखेको महिलासंग पनि कुनै कारणबस सम्बन्ध बिग्रिएर त्यो पुरुष जीवनको कुनैपनि कालखण्डमा थुनामा जाने दिन आउने देखिन्छ । कानुन महिलाका लागि रिस साध्ने गतिलो हतियार बन्दैछ । महिला पिडीत छैनन् भन्न खोजिएको होइन तर पीडितको नाममा वा बाहानामा तथ्य मोडेर दुःख दिने क्रम भने यसले बढ्ने छ र बढाउनेछ ।

Leave a Reply