सिमरा,मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ ।बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश ग¥यो । ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेश्रो पटक फाइनल यात्रा तय गरेको हो ।
हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशिल राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो ।हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।खेलको ८७औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्सभित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चितगर्दै फाइनल यात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निाशानले अर्को गोल थपे । डिबक्सभित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नुप¥यो ।क्वाटरफाइनलमा भरतपुर फुटबल क्लब विरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामु निरिह देखियो । शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन ।प्रतियोगिताअन्तर्गत बिहीवार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेडबीच दोश्रो सेमिफाइनल खेल हुनेछ ।शनिबार हुने फाइनल खेलको प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादब उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

Leave a Reply