पुष्पराज खतिवडा

चन्द्रपुर,समृद्धि आयोजनसँगको सहकार्यमा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आयोजनामा रौतहटको चन्द्रपुरमा ४ दिने त्रि–बर्षिय व्यवसायिक योजना निर्माण तालिम आइतवार सम्पन्न भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि परियोजना) ले गरिबी निवारणका लागि सहकारी संस्थाहरुको क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको छ । उक्त परियोजनासँगको सहकार्यमा वित्तिय संस्थाले बारा र रौतहट जिल्लाका ६ वटा सहकारी संस्थाका २४ जनालाई तालिम दिएको हो ।

रौतहटको चन्द्रपुरस्थित होटल अशोकामा गत बिहीवारबाट संचालन भएको आवासीय तालिममा सहभागीहरुलाई तालिम विज्ञ चितवन निवासी दिर्घ सापकोटा, समृद्धि आयोजनाका वित्तिय समावेशीकरण अधिकृत विजय सुवेदी, फिल्ड प्रशिक्षक दिलिपकुमार यादव, साना किसान वित्तिय संस्थाका प्रतिनिधि नीरज सिंह ठकुरीले सहजीकरण गर्नु भएको थियो ।

तालिमका सहभागीहरुलाई व्यवासायिक योजनाको महत्व, निर्माण कला, सोको तयारी, वित्तिय लक्ष्य निर्धारण गर्ने तरिका र बार्षिक समीक्षा विधि लगायतका विषयमा ४ दिनसम्म प्रशिक्षण दिइएको समृद्धिका फिल्ड प्रशिक्षक दिलिपकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार बारा जिल्लाबाट साना किसान कृषि हकारी संस्था लिमिटेड मनहर्वा, सपहीका प्रतिनिधिहरु सभागी बनेका थिए । यस्तै रौतहटका साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर, कनकपुर, संकल्प साकोस र नवविकास साकोसका अध्यक्ष उपाध्यक्ष, मुख्य प्रवन्धक र लेखा समितिका पदाधिकारी सहभागिता रहेको थियो ।

तालिममा सहभागी संस्थाहरुले यसबीचमा आआफ्नो संस्थाको व्यवसायिक योजना समेत तयार गरेको यादवले जानकारी दिनुभयो ।

साना किसान कृषि सहकारी संघ लिमिटेड रौतहटका उपाध्यक्ष ध्रुव कोइरालाले तालिमको उद्धाटन गर्नु भएको तालिमको कृषि संघ बाराकी उपाध्यक्ष नयनकला खड्काले मन्तब्य सहित समापन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here