नरेश गुप्ता

बरियारपुर,लोकतान्त्रिक समाजवादी पार्टीले बाराको सिम्रौनगढमा विभिन्न जनसंघठनको वडा कमिटी गठन गरेको छ । पार्टीले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ मा विभिन्न जनसंघठनको वडा कमिटी गठन भएको हो ।

लोसपा सिम्रौनगढ नगर कमिटी अध्यक्ष किशोरी साह कलवारको प्रमुख अतिथ्यतामा भएको भेलाले काशिनाथ यादवको अध्यक्षतामा २१ सदस्यीय मुल वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा जयलाल साह, उपेन्द्र कुशवाहा, अवधलाल साह, कोषाध्यक्षमा मंजु देबी कलवार, सचिवमा दिपेन्द्र साह, सहचिवमा सतेन्द्र यादव लगायत रहेका छन ।

त्यसैगरी किसान समितिको अध्यक्षमा किशुन्द्र महतो, वरिष्ठ उपाध्यक्षमा रामजनम ठाकुर रहेका छन । युवा कमिटीको अध्यक्षमा मण्डेप्रसाद यादव, वरिष्ठ उपाध्यक्षमा राजकुमार गुप्ता र बघिया खातुनको अध्यक्षतामा ६५ सदस्यी महिला कमिटी गठन भएको वडा अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा लोसपा केन्द्रीय सद्स्य एकरामुल अंसारी, शेखमोतिक, जिल्ला सचिव प्रमानन्द मुखियालगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here