आज तीजको अघिल्लो दिन अथात् दर खाने दिन । नेपाली समाजमा यो दरखाने दिनको निर्क महत्व छ तर नेपालमा पछिल्ला केही वर्षदेखि भने दर खाने दिनभन्दा एक महिना अगाडिदेखि नै दर खाने चलन शुरु भएको छ ।एक महिना अगाडिदेखि दर खाने चलन ठीक नभए पनि यसले तीजको लोकप्रियतालाई भने झनै बढाएको छ । यो चैं खुसीको कुरा हो । चाडपर्वको धनी नेपालीहरुमा तीजको महत्व कायमै रहनु पनि ठूलो कुरा हो ।यसअघिका दिनमा दर खाए पनि आजको दिन वा रातमा खाइने दरको चैं अर्थ छ । आज राति दर खाएर भोलि निरहार ब्रत बसी नेपाली चेलीबेटीहरुले नाचगान गरी मनाउने गर्दछन् ।

ब्रतको सवालमा पनि दुईवटा कुरा छ, आफ्नो पतिको दीर्घायूको कामनाका लागि भन्दै महिलाहरु ब्रत बस्ने र बिरामी पनि पर्ने गर्दछन् । सकी नसकी ब्रत बस्ने अनि बढी खानाले पनि स्वास्थ्यमा समस्या आउन सक्छ यसतर्फ पनि चेलीबेटीहरुले ख्याल गर्न जरुरी छ । रमाइलो गरेपनि आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र तीज मनाउन आवश्यक छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरालाई सबैले मनन गर्नुपर्छ ।समयक्रमसंगै तीजमा विवकृति पनि मौलाएको छ तर तीजको रौनकमा भने कुनै कमी छैन ।
धर्ममा जे कुरा उल्लेख भएपनि यो तीजसंग नेपालीहरुको संस्कार पनि जोडिएको छ । पछिल्ला दुई वर्ष मात्र नेपाली चेलीबेटीहरुले तीज मनाउन पाएका छन । त्योभन्दा झण्डै चार वर्ष जति कोरोनाका कारण समस्या सृजना गरिदिएको थियो । जसले गर्दा उनीहरुले खुलेर तीज मनाउन पाएनन ।तीज भन्दैमा भड्किलो र फजुल खर्च गर्न आवश्यक छैन । गहना धेरै लगाएर हिँड्न पनि हुदैन । चोरी हुने उत्तिकै डर रहन्छ । जे भएपनि यसपालीको तीज सबै चेलीहरुको सुखद बनोस् हार्दिक मंगलमय शुुभकामना ।



















