नेपाल विद्युत प्राधिकरण सार्वजनिक सरोकार रहेको कार्यालय हो । विद्युत प्राधिकरण आम नागरिकहरुको सरोकारसंग प्रत्यक्ष सरोकार राख्ने निकाय नै हो । जनताको करबाट विद्युत प्राधिकरण चलेको छ भन्दा पनि फरक पर्दैन किनभने नागरिकहरुले बिजुली बाले बापत नागरिकहरुले कर तिर्ने गरेका छन् ।
विद्युत प्राधिकरणले नागरिकहरुलाई बिजुली उपलब्ध गराएको छ भने नागरिकहरुले कर यो अर्थमा पनि विद्युतले घमण्ड गर्ने स्थान छैन तर बाराको कलैयास्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा कर्मचारीहरुले बद्मासी गर्ने गरेको देखिएको छ । यहाँका कर्मचारीहरुले नागरिक र प्राधिकरणको लागि भन्दा पनि आफ्नो स्वार्थका लागि काम गर्ने गरेको पाइएको छ । उनले आफ्नो स्वार्थ कार्यालयमा देखाएका छन् । कार्यालयको टेण्डर प्रकृया पारदर्शी हुनुपर्नेमा त्यसो नभइ उनले बदमासी गरेको कुरा सार्वजनिक भएको छ ।
कार्यालयले गरेको एउटा टेण्डरको बोलपत्र भर्ने क्रममा केही ठेकेदारहरुसंग मिलेर कार्यालय प्रमुखले प्राधिकरणलाई घाटा पुग्ने कार्य गरेका छन । उनले टेण्डर फारम भर्न पुगेका केही कम्पनीहरुको फारम दर्ता नगरेर कार्यालयलाई हानीनोक्सानी हुने कार्य गरेका छन । सोमबार टेण्डर फारम भर्ने अन्तिम थियो । तर कार्यालय प्रमुख गुप्ताले अन्य ठेकेदारहरुको फारम दर्ता नगरेर प्रचलित नियम कानुनको खिल्ली उडाउदै मिलिमतोमा टेण्डर प्रकृयाअघि बढाएका छन ।
यसरी कार्यालयका प्रमुखको स्वार्थका कारण विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बद्नाम हुनु निश्चयनै राम्रो कुरा होइन । यसबारेमा सम्बन्धित निकायले छानबिन गर्न जरुरी छ ।