बाराको निजगढमा सोमबार दिउँसो भएको घटनाले निजगढ क्षेत्रका त्राससंगै एक खालको कौतुहला पनि छाएको छ । सोमबार शंखास्पद भनिएको बस्तु बिस्फोट भएपछि मानवीय क्षति भएको छ ।तीनजना नागरिकहरुको यो घटनामा परी ज्यान गएको छ । यो घटनाले गर्दा तीनजना परिवारको खुसी खोसिएको छ । नेपाली भएपनि,भारतीय भएपनि त्यो मानवीय क्षति नै हो । यो घटनाले सबैलाई दुःखी भने पक्कै बनाएको छ ।

यद्यपी यस्तो अवस्था कसरी आयो भन्ने कुरा चैं निकै महत्वपुुर्ण छ । बाराको निजगढमा भएको घटनामा अन्य कारण त बिस्तारै सार्वजनिक हुदै जाला नै तर यो घटनामा मुख्य त गम्भीर लापारवाही चैं छ । मानवीय लापारवाही कै कारण पनि यत्ति ठूूलो घटना निजगढमा भएको हो यसमा भने अन्य शंका गर्न पर्ने ठाउँ छैन । यद्यपी प्रहरीले यसको सत्यतथ्य कुरा त बाहिर ल्याउला नै । केही ब्यक्तिहरुलाई पक्राउ पनि प्रहरीले गरेका कारण चांडै नै सत्य कुरा बाहिर आउने बिश्वास पनि गर्न सकिन्छ ।

तरपनि नेपालमा भएका यस्ता कयौं घटना त्यसै तुहिने पनि गरेका छन् । सत्यतथ्य कुरा बाहिर नआउन पनि सक्छ । सत्य कुरा बाहिर ल्याएर यस्ता घटना फेरि नदोहोरियोस् भनेर सचेत गराउनका लागि कानुनी कारवाही त आवश्यक छ नै साथमा सचेतना पनि उत्तिकै आवश्यक छ । सोमबार भएको यो घटनाको सत्य कुरा बाहिर ल्याइ घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले सहयोग गर्न पजिन आवश्यक छ ।

Leave a Reply