मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ रामवनमा रहेको जय नेपाल बालुवा प्रशोधन उद्योगमा थुपारिएको बालुवाले खेत पुरेपछि स्थानीय किसान मार्कामा परेका छन ।बालुवा प्रशोधन उद्योगले उद्योग परिसरमा थुपारेको बालुवा र गिटी वर्षाको पानीसंगै बगेर खेतमा पसेपछि धानबालीमा नोक्सानी पुगेर किसानहरु मार्कामा परेका हुन ।
उद्योगले थुपारेको बालुवा र गिटी बगेर उक्त क्षेत्रको करिब १० बिगाहा जमिनमा लगाएको धानबालीमा क्षति गरेको स्थानीय किसान राजराम श्रेष्ठले बताउनुभयो । वर्षा लागेपछि उद्योगको बालुवा बगेर खेतमा आउने र बाली नोक्सानी गर्ने अर्का स्थानीय किसान इस्तखर मियाले बताउनुभयो । उद्योग सञ्चालकलाई बालुवा र गिटी सुरक्षित तरिकाले राख्न पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नगरेको उहाँले गुनासो गर्नुभयो ।

उद्योगका कारण पीडित बनेका किसानहरुले क्षतिपूर्ति दिलाउन माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिका र वडा कार्यालयसमेत निवेदन दिएका छन् । तर सम्बन्धित कार्यालयले किसानको उजुरीमा अझसम्म कुनै कारबाही गरेको छैन ।
बालुवा प्रशोधन उद्योगका सञ्चालक नुरुेन असारीले भने आफूले आफ्नै जमिनमा बालुवा डम्पिङ्ग गरेको र वर्षायाममा सो बालुवामध्ये केही पानीले बगाएर छिमेकी किसानको खेतमा पु¥याएको बताउनुभएको छ ।

















