अहिले सत्तामा रहेको र पहिला सशस्त्र संघर्षबाट उदाएको एकीकृत नेकपा माओवादीको शनिबार बेलुकासम्म सम्मेलन र आइतबार बिहानबाट अधिवेशन भनिएको काठमाडौंमा सम्मेलन हो कि अधिवेशन शुरु भएको छ । माओवादी पार्टी बन्दुकबाट जन्मिएको पार्टी हो । धेरैको बलिदानबाट मात्रै यो पार्टी स्थापित पनि भएको हो । कुनै बेला यो पार्टीलाई आतंककारी पनि भनिएको थियो ।
यो खुसीको कुरा हो कि अब यसको सम्मेलन वा अधिवेशन जे भनेपनि शुरु भएको छ । अधिवेशन पार्टीका लागि अति आवश्यक छ र यो कुरा निर्वाचन आयोगले पनि तोकेको कुरा हो । अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन हुनु पर्दछ तर अन्य पार्टीमा जस्तै माओवादीमा अध्यक्ष परिवर्तन हुने संभावना छैन ।
कुनै बेला ठूलो दल रहेको माओवादीमा धेरै बिचलन आएको छ । पार्टी टुक्राटुक्रा भएको छ र टुक्रेको पार्टीको अध्यक्ष भने प्रचण्ड नै छन् अब पनि उनी नै हुनेछन् यसमा कुनै शंका छैन । अन्य पदमा भने निर्वाचन होला । यो अधिवेशन र सम्मेलनबाट माओवादी रुपान्तण हुन आवश्यक छ । यदि रुपान्तरण हुन सकेन भने यही अवस्थामा माओवादीलाई फेरि पनि जनताले साथ दिने शंभावना देखिदैन । अधिवेशनबाट माओवादीको रुपन्तरण होस । जनताले चाहेको कुरा पनि यही हो ।