सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा सम्पन्न दोश्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा १३ को सगरमाथा यूवा समाज क्लबले जितेको छ ।

छातापिपरा माविको खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा कोल्हवी नगरपालिका ३ को समाजसेवा यूवा क्लब जुअवालाई ३–० को सोझो सेटमा पराजित गर्दै पोताले प्रतियोगिताको उपाधि जितेको हो । जुअवाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको पोताले २५–१५, २५–१८ र २५–१६ को सहज नतिजा निकाल्न सफल भयो । विजेता क्लबले एक लाख रुपैयाँ सहित ट्रफि प्राप्त ग¥यो भने उपविजेताले पचास हजार रुपैयाँमा चित बुझायो ।

क्वेस्ट फार्मास्युटिकल्सको मूख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्व श्रम तथा रोजगार मन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगिता आयोजक छातापिपरा यूथ क्लबका अध्यक्ष विद्यानन्द चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्य उम्मेदवार एवं माओबादी केन्द्रका बारा जिल्ला संयोजक क्षेत्रबहादुर श्रेष्ठ (अनिल), विभिन्न दलका नेता तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको प्रतियोगिता आयोजक छातापिपरा यूथ क्लबका कृष्ण चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजक छातापिपरा यूथ क्लबका अध्यक्ष विद्यानन्द चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्य उम्मेदवार एवं माओबादी केन्द्रका बारा जिल्ला संयोजक क्षेत्रबहादुर श्रेष्ठ (अनिल), विभिन्न दलका नेता तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा आयोजक सहित जनहित यूवा क्लब कोल्हवी खैरा, डुमरवाना विकास मञ्च, सनसाईन युथ क्लब पर्सौना, सत्य साई यूवा क्लब बसतपुर, रौतहट भलिबल टिम, समाज सेवा यूवा क्लब कोल्हवी, लायन्स यूवा स्पोर्टस क्लब हेटौंडा, जनजागृती उत्थान केन्द्र, स्काई यूथ क्लब गरदौल पर्सा, जनजागृती यूवा क्लब बसडिल्वा पर्सा, ज्ञानदिप यूवा क्लब देउरवाना पर्सा, सगरमाथा यूवा समाज क्लब पोता बारा, मकवानपुर भलिबल टिम हेटौंडा, आरसिबी क्लब विसुनपूर्वा बारा, नेपाली आर्मीको ज्वाला दल गण बारा र आयोजक छातापिपरा यूथ क्लब बाराको सहभाागिता रहेको थियो ।

Leave a Reply