स्थानीय तहको निर्वाचनको समय आउन अब दश दिन मात्रै बाँकी छ । दश दिनमा आम नागरिकहरुले स्थानीय सरकारका लागि मतदान गर्नेछन् । तर, अहिले स्थानीय तहको चुनावको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको व्यापक दुरुपयोग मात्रै नभइ उल्लंघन समेत गरेको पाइएको छ । आचारसंहिता अनुगमनको प्रभावकारी संयन्त्र नभएका कारण पनि यसको कार्यान्वयनमा समस्या भएको हो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले उम्मेदवार सहित सबैलाई छुन्छ तर सामाजिक संजाल सहितका नेताहरुका कुरा र शुभेच्छुकहरुको कुरा गर्ने हो भने पनि आचारसंहिता कसैलाई लाग्दैन जस्तो व्यवहार देखाइ रहेका छन् । करिब एक दशक अघिसम्म पनि मिडिया सर्वब्यापी नभएको अवस्थामा आचारसंहिताको धज्जी उडाउने काम हुने गरेकै हो ।

तर, आज भन् फरक हिसावले आचारसंहिता उल्लंघन भएका छन् । पत्रकार र संचारमाध्याम समेत आचारसंहितको घेरामा छन् तर उनीहरुबाट पनि यसको उल्लंघन भएको छ । पत्रकार महासंघले खबरदारी गरेपनि सुनुवाइ कम छ । त्यसैले आचारसंहितको धज्जी उडाउने काम सबैतिरबाट भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here