निजगढ, २२ भदौँ– कोरोना भाईरस विपद न्यनीकरण समन्वय तथा अनुगमन समिति निजगढको अनुगमन समितिले आइतबारबाट होटेल, रेस्टुरेन्ट र पसलहरुमा अनुगमन शुरु गरेको छ ।

नगरप्रुमख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछानेसहितको समितिको टोलीले पुर्वपश्चिम राजमार्गको दायाँबायाँ क्षेत्रमा संचालित सबै व्यवसायहरुको अनुगमन गरेको हो । अनुगमनमा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल र अन्य व्यवसायीकोसमेत सहगागिता रहेको थियो । अनगमन समितिले यस क्षेत्रमा संचालनमा रहेका होटल तथा पसलमा पुगेर निजगढ नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार सुरक्षा मापदण्ड पुरा गरेर व्यवसाय संचालन गर्न अनुरोध गरेको थियो ।

 

नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार व्यवसाय संचालन गराउन अनुगमन शुरु गरिएको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताउनुभयो । उहाँले आगामी दिनमा पनि व्यवसायीले सुरक्षा उपाय पुरा गरे नगरेको हेर्न पसल÷व्यवसायमा नियमित रुपमा अनुगमन गरिने पनि बताउनुभयो ।

 

नगरपालिकाकाले कोरोना भाइरस जोखिम न्युनीकरणका लागि होटेल, रेस्टुरेन्ट, पसल, अन्य व्यवसाय र बैङ्क तथा वित्तिय संस्था संचालन कार्यविधि २०७७ जारी गरेर सोहीअनुसार सुरक्षा प्रवन्ध मिलाएर व्यवसाय संचालन गर्ने अनुमति दिएको छ ।

व्यवसायीहरुले कार्यविधिले तोकेको सुरक्षा मपदण्ड पुरा गरेर बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय संचालन गर्न पाउने छन । कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले नगरपालिकाका अधिकृत ऋषव काफ्लेको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।

फोटो पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here