बरियारपुर,भारतबाट तस्करी गरि नेपाल ल्याउदै गरिएको अवस्थामा प्रहरीले १ लाख २५ हजार मूल्य बराबरको जुत्ता बरामद गरेको छ ।

सादा पोषाकमा खटिएको प्रहरी टोलीले आइतवार जिल्लाको महागढीमाई नगरपालिकाले वडा नम्बर २ भुतही पुल नजिक सडक खण्डबाट बि आर ७ एफ ९७२९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित भन्सार छलीका जुत्ता चप्पल नियन्त्रणमा लिएको हो । चालक भने मोटरसाइकल छाडी फरार बनेका छन । बरामद जुत्ता तप्पलको मूल्य १ एक लाख २५ हजार प्रहरीले जनाएको छ ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौकमा नियमित गस्तिमा खटिएको प्रहरीले बसको डिकीमा लुकाएर लैजादै गरिएको तरकारी र फलफूलमा प्रयोग गरिने औषधि र विषादी बरामद गरेको छ ।
आवश्यक बिलबिजक बिनानै गौरबाट बनेपातर्फ जादै गरेको प्र.३–०३–००१ ख १९६५ नम्बरको बसको डिकीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले फलफूलमा प्रयोग गरिने ७ बिभिन्न प्रकारका ७ कार्टुन औषधिहरु बरामद गरेको हो । किटानाशक औषधिको ६३ हजार ४ सय ९० बराबरको भ्याट बिल नभएको तर अनलाईन बिल भने पुष ८ गतेको देखिएकोले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



















