कोल्हवी,बाराको कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवामा निःशूल्क आँखा जाँच शिवीर सम्पन्न भएको छ ।वीरगन्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा कोल्हवी नगरपालिकाले शिवीर सञ्चालन गरेको हो । शिवीरमा २ सय ८० जनाको आँखा चेकजाँच गर्दा ९० जनामा मोतिबिन्दु फेला परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिनुभयो ।मोतिबिन्दुकै कारण हुने अन्धोपन रोकथामको लागि निःशूल्क आँखा जाँच शिवीर सञ्चालन गरिएको कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले बताउनुभयो । आगामी दिनमा अरु वडामा पनि यस शिवीरलाई निरन्तरता दिने नगर प्रमुख चौधरीको भनाइ छ ।शिवीरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका नेत्र चिकित्सक एवम् नेत्र अधिकृतहरुले चेकजाँच गरेका थिए ।शिवीरमा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, समाजसेवी मनोजा चौधरीलगायत जनप्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply