बारामा विमानस्थल बनाउने हल्ला चलेको धेरै वर्ष भयो तर कार्य प्रगतिको कुरा भने लगभग सुन्य नै छ । जसरी हल्ला भयो वा साच्चै बन्ला कि भन्ने भएको भए त आजसम्म कम्तीमा १० प्रतिशत जति भएपनि काम हुनुपर्ने थियो तर काम अगाडि बढ्न सकेको छैन यद्यपि कामका कुरा भने आइरहेका छन् । हल्ला भने अझै पनि रोकिएको छैन ।
जसले बारासहित यस आसपासका नागरिकहरुलाई आशा भने बारम्बार जगाउदै आएको छ । यसले एक प्रकारको झिनो आशा देखाइरहेको छ ।
बारामा विमानस्थल बन्छ कि भन्ने आश फेरि पलाएको छ । वन मन्त्रालय र नागरिक उड्यन मंत्रालयबीचमा फेरि एक खालको छलफल भएको कुरा विभिन्न संचारमाध्यममार्फत सार्वजनिक भएको छ । यसले सबैलाई आशातित बनाएको छ ।
अब आशा मात्रै गर्नु भन्दा पनि काम बढी होस् भन्ने कुरा बाराका नागरिकहरुले चाहेको कुरा हो । बारामा बिमानस्थल बन्यो भने त्यसको उपभोग र लाभ केवल बाराका नागरिकहरुले मात्रै लिने पनि होइन् । यो आयोजनाबाट समग्र देशले ठूलो फाइदा लिने निश्चित छ । तर, नेपालीको चर्चित आहान– ‘आश गर्नु भर नपर्नु ।’ भने जस्तो भने नहोस दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना ।