नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएपछि अहिले यी दुई पार्टीबीचमा आरोप प्रत्यारोपको श्रृखला बढेको देखिन्छ अनि उनीहरु आफ्नो पक्षमा जनप्रतिनिधि लगायतका व्यक्तिहरुलाई तान्नका लागि तल्लिन रहेको देखिन्छ । एमाले र एस दुबै समान बिचारधाराका पार्टी भएपनि व्यक्तिगत इगोका कारण यिनीहरुकाबीचमा विभाजन आएको हो ।

राजनीतिमा टुटफुटको श्रृखला पनि सामान्य होला नै किनभने नेपालमा विभाजन नभएको पार्टी नै कहाँ छन् र ? आफ्नो स्वार्थका लागि नै पार्टीहरुमा विभाजन भएको छ । आम नागरिक तथा देशका लागि भने विभाजन भएको पाइदैन तथापि यिनीहरुले आफूहरु देश र जनताका लागि नै विभाजन हुन परेको तर्क गर्दै आइरहेको पनि पाइन्छ ।

विभाजनको श्रृखला सबैभन्दा बढी कम्युनिष्टहरुमा नै देखिन्छ । स्थापना भए लगत्तै कम्युनिष्टहरुमा विभाजन जारी छ । तर, मुलतः कम्युनिष्टहरुको सिद्धान्त भने समान रहेको पनि कुरा गर्ने गरिन्छ । नेपालका कम्युनिष्टहरुको व्यवहार र सिद्धान्तमा धेरै फरक छैन् । तर कम्युनिष्टको संख्या भने दर्जन बढी छ । आखिर यो विभाजन अनि आफ्नो पक्षमा नेता कार्यकर्ता जोडघटाऊ गर्ने यी पार्टीहरुको अभियानले कतै नपु¥याउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here