पुष्पराज खतिवडा
मनहर्वा,शुक्रबार बिहानदेखि भइरहेको वर्षाले बारा जिल्लाका किसानले लगाएको धान बालीमा कतै राहत पुगेको छ भने कतै क्षेति भएको छ । पसाउदै गरेको धानबालीको लागि वर्षाले राम्रो गरेको भए पनि अहिले नै पाकिसकेको धानमा भने क्षेति पुगेको किसानहरुले बताएका छन् ।
वर्षाले जिल्लाको कतिपय स्थानमा काटेको धान भित्र्याउन सकिएको छैन भने कतै डुवानमा समेत परेको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाका किसान विनोद कार्कीले बताउनुभयो । लगातारको वर्षले काटेको र लडेको धान कुहिने किसानको चिन्ता बढेको छ । वर्षाले अहिले नै पाकेर काट्न थालिएका मोटाबिजी प्रजातिको धानबालीमा क्षेति भएको उहाँले बताउनुभयो ।
यस्तै कार्तिकमा पाक्ने सोना मंसुलीलगायत मसिनो प्रजातिको धानको लागि सिचाई आवश्यक रहेको र अहिलेको वर्षाले धेरै राहत पु¥याएको कोल्हबी नगरापालिका वडा नम्रब ८ अछामटोलका किसान शिवजी खड्काले बताउनुभयो । पानी परेर राहत भए पनि युरिया मल नपाएकाले समस्या भएको उहाँले सुनाउनुभयो । ‘धानमा मल हाल्ने बेला भयो, उहाँले गुनासो गर्नुभयोे, तर प¥यो तर युरिया मल कतै पाइएको छैन ।’
जिल्लामा ६० हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । बार्षिक २ लाख ५८ हजार ७ सय २६ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनुभयो ।
उहाँका अनुसार धान उत्पादनमा बारा जिल्ला आत्मर्निभर रहेको छ । जिल्लाबासीलाई १ लाख ३१ हजार ७३४ मेट्रिक टनले वर्षभरी खान पुग्छ भने १ लाख २६ हजार ९ सय ९४ मेट्रिक टन बढी हुने गरेको ज्ञान केन्द्र प्रमुख यादवले जानकारी दिनुभयो ।
धानको राष्ट्रिय उत्पादकत्व ३ दशमलव ५ रहेकोमा बारा जिल्लाको मात्रै ४ दशमलव २८ प्रतिशत रहेको उहांँले सुनाउनुभयो । जिल्लामा चैते, भदैया र अघनी धानको खेती हुने गरेको छ ।
जिल्लाको कुल १ लाख २९ हजार ५ सय ६३ हेक्टर खेती योग्य जमिनको ५४ प्रतिशत जमिनमा खेती हुने गरेको छ । ६९ हजार ९६३ हेक्टर खेती योग्य जमिनमा ६२ हजार ८२८ हेक्टरमा कृषि उत्पादन हुन्छ ।
गण्डक नहरले वर्षमा दुई÷तिन पटक दिने पानीलाई आधार मान्दा जिल्लाको ७० प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको छ भने ३० प्रतिशत जमिनमा आकाशकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गण्डक नहर बाहेक यहाँका जमिन वाडिङ्ग पम्पीङ्गसेट, कुलो, जरुवा र खोलाको पानीमा भरपर्दा ५० प्रतिशत मात्रै जमिनमा लागाको खतीले सिँचाई पाउने गरेको ज्ञान केन्द्र प्रमुख यादवले जाकारी दिनुभयो । यस वर्ष असार अघिबाटै नियमित वर्षा भएकाले धानको उत्पादन बढ्ने उहाँले बताउनुभयो ।
भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभावका कारण हाल नेपालमा पनि वर्षा भएको हो । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित आगामी सोमबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।