बरियारपुर,बाराको निजगढमा उखु बारिमा आगलागी हुँदा लाखौं रुपैया बराबरको क्षेति भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित फागुप्रसाद चौलागाई, कमला ढुङ्गेल, हरि बास्कोटाको समेत गरी १ बिगाहा जमिनमा लगाइएको उखु बारीमा मंगलबार साँझ ६ः१५ बजे आगलागी भएको हो । आगलागीबाट करिव ३ लाख रुपैया बराबरको क्षेति भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार चौलागार्गको १० कठ्ठा, ढुङ्गेल, ८ कठा र बास्कोटाको दुई कठासमेत गरी १ बिगाहा जनिममा लगाइएको उखु जलेर नष्ट भएको हो ।

ईलाका प्रहरी कार्यलय निजगढ, सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । उखु बारीमा आगो लागेको घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply