पोखरिया,पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतिका साथै सरकारी कार्यालयको सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि पोखरिया अस्पतालमा धर्ना दिएको छ ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरूले आइतवारदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका हुन् । प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशिक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यस अनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आफूहरूले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रीय सदस्य समानीले बताउनुभयो ।

यसका साथै पोखरियामा भूमि सुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागपनि आफूहरूको रहेको उहाँले बताउनुभयो । साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधिहरूले गरिरहेको अनियमितता रोकिनुपर्ने मागपनि राखेर आफूहरू धर्नामा बसेको समानीले बताउनुभयो । आफूहरूको माग बारेमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नगरिएपछि बाध्य भएर धर्नामा बस्नु परेको उहाँको भनाई छ ।

पोखरियालाई पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनिए पनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटा पनि नभएको उहाँले बताउनुभयो । नगरपालिकाले पनि नागरिकलाई सेवा सुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको उहाँको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here