नरेश गुप्ता
बरियारपुर – बाराको प्रमुख जिल्ला  अधिकारी  फणीन्द्र मणि पोख्रेलले गढीमाई महेन्द्र प्राबिधिक नमूना बिधालय पहिचानको थलो बनोस बताउनु भएको छ । गढीमाई महेन्द्र प्राबिधिक नमूना  बिधालयको ३९ औ बार्षिकोत्सव समारोहलाई शुक्रबार  प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षाको गुणस्तर सुधार  गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
शिक्षाको बिकासले नै त्यस ठाउँको बिकास हुने भएकोले गढीमाई नमुना बिधालय जिल्ला  कै नमुना बिधालय बनोस शुभकामना व्यक्त गर्नु भएको थियो । बार्षिक समारोहलाई  सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले नमुना  बिधालयको बिकासमा सबैको सकारात्मक भुमिका हुनु पर्ने बताउनु भयो । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले सोहि अनुरुप शिक्षकहरुलाई लगनशील भएर आफ्नो कर्तब्य निर्हाव गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा  नगर प्रमुख उपेन्द्र यादवले बाराको प्रमुख  जिल्ला  अधिकारी फणीन्द्र मणि पोख्रेल , प्रहरी  प्रमुख कृष्ण  पंगेनी , शस्त्र प्रहरी  उपरीक्षक  दिग बिजय सुबेदिलाई दोसल्ला ओढाई मायाको चिनोले समानित गर्नु भएको थियो । ३९ औ  बार्षिक समारोहमा बिधालयको जन्मदाता  संस्थापक  बिश्वनाथ साह कानु ,नमुना बिधालयको लागि जग्गा प्रदान गर्ने बिन्दा साह कानुलाई  बिधालय ब्यवस्थापन समितिको अध्यक्ष  दिप प्रकाध गुप्ताले दोसल्ला  ओढाई समान गरिएको  थियो ।
श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना बिधालयको प्रधानाध्यापक त्रषभदेव यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  बार्षिक परिक्षा र खेलकुदमा प्रथम  ,दोस्रो ,तेस्रो  भएको  बालिकाहरुलाई  पुरस्कार  बितरण गरिएको थियो । सो अवसरमा बालाबालिकाले  नृत्य प्रस्तुत गरिएको थियो । 

Leave a Reply