निजगढ,निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको शुक्रवार भएको निर्वाचनमा एकबहादुर श्रेष्ठ विजयी हुनुभएको छ ।अध्यक्ष पदका अर्का प्रत्यासी रामचन्द्र जैसवालसंग मत बराबरी भएपछि भएको गोला प्रथाबाट श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठ र जैसवालले २९,२९ मत प्राप्त गरेका थिए । व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रेष्ठ लगातार तेस्रो कार्यकालको लागि अध्यक्षमा चुनिनु भएको हो । क्याम्पस व्यवस्थापन समिति छनौटको लागि भने यो वर्ष पहिलो पटक मतदान गरिएको थियो ।समितिका ४ जना सदस्य पदमा श्रेष्ठ प्यानलका ३ जना र १ जना जयसवाल प्यानलबाट विजयी बनेका छन । प्रलाद शर्मा ३३, मनोज रेग्मी ३१ र महिला सदस्यमा निशाकुमारी भण्डारी ३१ मतका साथ श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन । जैसवाल प्यानलबाट उम्मेदवारी दिनुभएका रामकुमार शर्मा दहाल पनि ३१ मतका साथ विजयी हुनुभएको छ ।त्यस्तै जयसवाल प्यानलबाट सदस्यका उम्मेदवार आशिष शर्माले २९, ऋषिराज अधिकारी १९ र महिला सदस्य सुभद्रा नेपालले २५ मत प्राप्त गरेका छन । श्रेष्ठ प्यानलका कर्णबहादुर लामाले भने २७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित पदाधिकारीहरुलाई शुक्रवार नै पद तथा गोपनियताको सपथ गराएसंगै प्रमाणपत्र समेत वितरण गरिएको छ ।कुल ७५ मतदाता मध्ये निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा एउटा मत भने बदर भएको थियो । व्यवस्थापन समितिको नयाँ नेतृत्वको लागि श्रेष्ठ र जयसवालले अलगअलग प्यान बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए । श्रेष्ठलाई नेकपा एमाले र जयसवाललाई नेपाली कांग्रेस पार्टीको समर्थन रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here