नरेश गुप्ता

बरियारपुर,प्यान बिलमा काठमाडौबाट ल्याइएको लत्ताकपडा बारा प्रहरीले मंगलबार नियन्त्रणमा लिइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित तिनकुने चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा काठमान्डौबाट गौरतर्फ आउदै गरेको ना.८.ख.४७१९ नम्बरको बसबाट बालबालिकाले प्रयोग गर्ने ट्राउजर ३५ पिस, ऊनी चिटर ४१ थान, बच्चाको ज्याकेट ६१ थान गरि जम्मा १८ हजार १ सय मूल्य बराबरको लत्ताकपडा प्यान बिलमा उल्लेख गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनु भयो । बरामद भएको लत्ताकपडाको भ्याट बिल र अनलाईन बिल नभएको कारण अनुसन्धानको लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी मुसहरवाबाट खटेको प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपाल ल्याइरहेको उखुको जुस बनाउने यन्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ स्थित नहरमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उखुको जुस बनाउने मेसिन, जेरेटर, ठेलासहित करिब १ लाख २५ हजार मूल्य बराबरको अवैध समान बरामद गरिएको हो । प्रहरीले भारतको सिवान जिल्ला भगवानपुर थाना सुल्तान बस्ने वर्ष २० को पवनकुमार साह समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here