निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ बागदेवस्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाइ तथा उपभोक्ता भेला शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एंव वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले सामुदायिक वन समूहको कार्ययोजना अनुसार आम उपभोक्तालाई समेटदै वन संरक्षणमा अघि बढ्न सुझाव दिनुभयो । वन समूहले गर्ने कार्यमा पारदर्शीता हुनु पर्ने भन्दै वडा अध्यक्ष कुवरले दिगो वन व्यवस्थापनको योजनाअनुसार काम गर्नसमेत सुझाव दिनुभयो ।

हालै गठन भएको उपभोक्ता समूहका पदाधिकारीहरुले सामुदायिक वन समुहमा भए गरेका कार्यहरुबारे आम उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरलाल सिंतानले बताउनुभयो । सो अवसरमा डिभिजन वन कार्यालय बाराबाट सिमसार क्षेत्र व्यवस्थापनको लागि प्राप्त ३० लाख रकमबाट पोखरी निर्माण र २० लाखबाट वृक्षारोपण क्षेत्रको तारबारसहित चुरे क्षेत्रमा वृक्षारोपण कार्य सम्पन्न भएको जानकारी दिएको थियो ।

कार्यक्रमा तामागढी सब डिभिजन वन कार्यालय निजगढमा निमित्त प्रमुख भुषण राम, वन समुहका पूर्वअध्यक्ष सुर्दशन लामिछाने, पत्रकार जीतलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहरलाल कुर्मी, सहायक वन अधिकृत आविद हुसेनले सिमसार क्षेत्र ब्यवस्थापन कार्यक्रम अन्र्तगत भर्खरै निर्माण सम्पन्न पोखरी र चुरे क्षेत्रको तारबारसहित वृक्षारोपणे क्षेत्रको अनुगमनसमेत गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र वन उपभोक्ताहरुको उपस्थिति रहेको थियो । उक्त वन समूहकी यशोदा बुढाथोकीले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन रामकुमार सिग्देलले गर्नु भएको थियो ।

कार्यक्रम निजगढ नगरपालिका वडा नम्बर ४ स्थित शहीद हिरालाल पार्कको सभाहलमा आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here