बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ मा संचालन गरिएको ७ दिने क्रिष्टलको माला बनाउने तालिम सोमवार सम्पन्न भएकोछ ।वडा नम्बर १ का वडा अध्यक्ष मगल लोप्चनको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता निजगढ क्रियटिभ स्कील डेभलवमेन्ट प्रालिका प्रबन्धक निर्देशक बिष्णुप्रसाद रिसालले गर्नुभएको थियो ।त्यसैगरी कार्यक्रमको प्रमुख अतिथिमा निजगढ नगरपालिका योजना शाखाका प्रमुख अजयकुमार उप्रेती बिशिष्ट अतिथिमा कार्यपालिका सदस्य फुलमाया लोप्चन, जुनेलीमाया बि.क., वडा सदस्य कन्तलाल धामी, समाजसेवी सगम लोप्चन रहनुभएको थियो ।तालिमका सहभागीलाई प्रमुख प्रशिक्षक सजिता पुडासैनी र सहप्रशिक्षक रसिला चौलागाईले क्रिष्टल बनाउने सीप सिकाउनुभएको थियो । कार्यक्रमको सहआयोजकमा निजगढ नगरपालिका वडा नम्बर १ को वडा कार्यालय रहेको थियो । तालिममा निजगढ नगरपालिका वडा नम्बर १ स्थित नमुना बस्तीका दलित तथा अतिविपन्न समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।समापन कार्यक्रमको संचालन क्रियटिभ स्कील डेभलवमेन्ट प्रालिका बलराम तिमल्सिनाले गर्नु भएको थियो ।


















