निजगढ,शहीद दिवसमा नेपाल शिक्षक संघ बाराले कलैयामा रहेको प्रादेशिक अस्पतालमा फलफूल वितरण गरेको छ ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाराले मंगलवार बिहान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
त्यस अवसरमा कांग्रेस पर्साका सभापती राजेश राय यादव, बारा क्षेत्र नम्बर ४ ख का कांग्रेसका क्षेत्रीय सभापती लोकेश सिंह र संघका अध्यक्ष राजकिशोर सहनीले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
संघका अध्यक्ष सहनीको अध्यक्षता तथा कांग्रेस जिल्ला सभापती यादवको प्रमुख आतिथ्यतामा भएको फलफूल वितरण कार्यक्रममा संघमा आबद्ध शिक्षक, शिक्षिकाका साथै कांग्रेस नेता, कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Leave a Reply