काठमाण्डौ – तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् ।पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, अहिले दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलका लागि पालिकालाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र ब्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर, कानुन बमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस् लगायतका प्ले कार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।

Leave a Reply