नरेश गुप्ता
बरियारपुर,जिल्ला जनस्वास्थ्य कार्यलय बाराक प्रमुख रामनरेश यादवले पौष महिनाको पहिलो हप्तामा बारा जिल्लामा १ लाख २० हजार डोज खोप लगाउने लक्ष्य लिइएको बताउनु भएकोछ ।
जिल्ला प्रशासन कार्यलय बारामा बिहिवार पत्रकार समेलनको आयोजना गरि जनस्वास्थ्य कार्यालय प्रमुख यादवले यस्तो जानकारी दिनु भएको हो ।
२०७८ पौष मसान्तसम्म १५ वर्ष उमेरभन्दा माथिका बालबालिकालाई मोडेर्ना खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिनु भयो । चालू आर्थिक वर्ष ०७८÷०७९ मा हालसम्म जिल्लामा ९ पटक खोप अभियान संचालन भइसकेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा १ सय ५८ वटा खोप केन्द्रबाट आगामी पौष महिनाको पहिलो हप्तादेखि बालबालिकाको लागि खोपको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । मंसिर २७ देखि २९ गतेसम्म बाराका ८ वटा पालिकामा र पौष ५ गतेदेखि ७ वटा पालिकामा खोप लगाउने कार्यक्रम संचालन हुने बताइएको छ । हाल केही देशहरुमा कोभिड १९ को नयाँ भेरिएण्ट ओमिक्रोन फेला परिसकेकोले सुरक्षा सतर्कता अपनाउन बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आग्रह गर्नुभयो । खोप लगाएर सम्पुर्ण नागरिकलाई कोभिडबाट सुरक्षित पार्न र नागरिकको आत्माबल बढाउन मंसिर २७, २८ र २९ गते सबैले खोप लिन उहाँले आग्रह गर्नु भएको छ ।
प्रजिअ कटुवालले खोप अभियानको सफलताको लागि नागरिक समाज, पत्रकार, जनप्रतिनिधि, सामाजिक अगुवा, महिला स्वास्थ्य स्वंमसेविका तथा सामाजिक संघ संस्थासंग पनि अनुरोध गर्नु भएको छ ।