राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिक स्थित सशस्त्र प्रहरी बल बिओपी भिस्वा बंजारीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरि थापाको विदाइ गरिएको छ ।एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिका लगाइ विदाइ गरिएको हो ।प्रहरी निरीक्षक थापाले १० महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँको विशेष सम्मानसहित विदाइ गरिएको हो ।सो अवधिमा थापाले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण सफल भएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’त्यस्तै नयाँ बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक छवि दर्लामीलाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा पालिकाका वडाध्यक्ष, पत्रकार लगायतको सहभागिता रहेको थियो ।