जीतपुर,जीतपुरसिमराबाट प्रतिबन्धित लागु औषधसहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित त्रिभुवन राजपथको तिन नम्बर पुलबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । २७ वर्षीय रोशन मगर र २९ वर्षीय लोप्चनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले २९ वटा नाइट्राभेट ट्याबलेट र ५० ग्राम गाँजा पनि बरामद गरेको छ ।


















