सखुवाप्रर्सौनी,पर्साको सखुवा प्रसौनी गाउँ पालिकाको वडा नं. २ पचगावाँ चौकमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पचगावाँ युवा समजका समुहहरुको आयोजनामा रक्तसञ्चार केन्द्र वीरगन्ज, पर्साको प्राविधिक सहयोगमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
आयोजक संस्थाका अध्यक्ष सिकेन्द्र साह कानुको सकृयतामा भएको कार्यक्रमको उद्धाटन सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले रक्तदान गरेर गर्नुभएको थियो ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा पालिकाको भूमिका रहने तथा आगामी दिनमा पनि पालिकाबाट यस्तो कार्यक्रमप्रति ध्यान दिइने बताउनुभयो ।
पर्साको ग्रामीण क्षेत्रमा पनि रक्त अभाव हुन्न नदिने कुरामा रेडक्रस र रक्तसञ्चारको केन्द्रको भुमिका प्रशंसनीय रहेको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय ३९ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी पर्सा शाखा वीरगन्जका डा.मनोज पटेलले बताउनुभयो ।