बिदुर खडका
डुमरवाना,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगरपालिकाको अध्यक्ष पदको लागि भएको निर्वाचनमा प्रेम बराल विजय हुनु भएको छ ।
बराल अर्का उम्मेदवार धनबहादुर श्रेष्ठलाई ९ भोटले पछि पार्दै बिहीबार विजयी हुनु भएको हो । बरालले ४४ र निकटम प्रतिव्दन्द्धी श्रेष्ठले ३५ मत प्राप्त गर्नु भएको थियो । यसैगरी ३ जना उपाध्यक्षको लागि भएको मतदानमा राजेन्द्र भट्टराई, कमुद्दिन मन्सुरी, रामदुलारी चौधरी विजय हुनु भएको छ । सचिवमा बलराम चिमरिया, सहसचिवमा मणिकलाल थिङ्ग र कोषाध्यक्षमा श्याम सुन्दर पासवान विजय भएका छन । नगर कार्यसमितिमा ८१ जना सदस्य रहने छ ।
नेतृत्व चयनको लागि सहमति हुन नसकेपछि मतदान गरिएको थियो । नगर कार्यसमितिमा धेरै उम्मेदवारहरु चुनावी मैदानमा आएको देखिदा पार्टीभित्र आन्त्ररिक लोकतन्त्रको नाममा स्वच्छन्दता मौलाएको र कार्यकर्ताहरु पार्टीको अधिनस्त हुन नसकेको जानिफकारहरुको भनाइ छ ।



















