नरेश गुप्ता
बरियारपुर,बाराको अमलेखगञ्ज प्रहरी चौकीले प्यान बिलमा बढी रकम देखाएर लैजादै गरेको मालसामान नियन्त्रणमा लिएको छ ।
जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जबाट प्रहरी सहायक निरीक्षक जनकप्रसाद गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाण्डौतर्फ जादै गरेको प्र.२–०३–००१ ख १३३७ नम्बरको बसको डिक्कीमा लुकाई छिपाई लैजादै गरेको अमुल चिज स्लाईस ४ कार्टुन, डारक चकलेट ४ कार्टन को २५ हजार ६ सय गरि जम्मा .७३ हजार ९ सय ८० बराबरको अनलाईन खबत बिल नभएको र पान बिलमा पनि तोकेको भन्दा बढी रकम काटेको पाइएले उक्त सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । त्यसैगरी बारा प्रहरीले अबैध मदिरा बरामद गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा चोकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अमलेखगन्जतर्फबाट वीरगन्जतर्फ जाँदै गरेको ना.८ ख.३०५ न.को यात्रुबाहक बस चेकजाँच गर्दा उक्त बसको डिकीमा राखी बिक्री वितरणको लागि लैजाँदै गरेको अन्दाजी २ सय लिटर अवैध घरेलु मदिरा १५ पोका फेला पारी आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।


















