वीरगन्ज,लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले न्यायलयलाई असफल हुनबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले न्यायलय असफल भए देश पनि असफल हुने भएकाले प्रधानन्यायाधीश जबराले पदबाट राजनीनामा दिनु पर्ने बताउनु भएको हो ।

देशभरका कानुन व्यवसायीहरु र सर्वोच्च अदालतका न्यायाधिशहरु जबराको विरोधमा आन्दोलनमा रहेको भन्दै महतोले सर्वोच्च अदालत धेरै दिनदेखि ठप्प हुँदा जनता न्याय पाउनबाट बन्चित भएकाले यस्तो अवस्थामा अदालतलाई बन्दी बनाएर राख्नु उचित नहुने भएकाले प्रधानन्यायाधिश जबराले अविलम्ब राजीनामा दिएर न्यायलय र देशलाइ असफल हुनबाट जोगाउनु पर्ने बताउनुभयो ।

लोसपा नेता महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले जबसम्म बहुल राष्ट्र राज्यको रुपमा शासन र संविधान चल्दैन तबसम्म देशमा अहिलेका जस्ता समस्याहरु आइ नै रहने बताउनुभयो । नेता महतोले मधेसी, दलित, सिमान्तकृत समुदायको अधिकार र पहिचानको लडाइ अहिले पनि आफुले लडिरहेको भन्दै अबको आन्दोलन भने सिंहदरबार केन्द्रित हुने चेतावनी पनि दिनुभयो ।

लोसपा पर्सा जिल्ला संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता लक्ष्मणलालकर्ण , वीरगन्ज महानगर संयोजक ओम प्रकाश सर्राफ, नेताहरु निजामुदिन समानी, रमेश पटेल लगायतको उपस्थिति थियो ।

Leave a Reply