निजगढ.,नेकपा माओवादी निजगढ नगर कमिटीको नयाँ नेतृत्व चयन कार्य अन्यौलमा परेको छ । माओवादीको प्रथम नगर अधिवेशनमा चुनावी प्रकृया सुरु भएर पनि छनौट गर्न नसकेपछि नयाँ नेतृत्व चयन कार्य अन्यौलमा परेको हो ।

गत आइतबार सुरु भएको नगर अधिवेशनमा नगर समितिको सचिव र कोषाध्यक्षसहित ६५ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेपनि अध्यक्ष भने चयन गर्न सेको थिएन । माओवादी नगर अध्यक्षमा बेनीबहादुर मोक्तान, मोहनबहादुर खडका, संन्तोष दङ्गाल, छिरिङ्ग दोर्जे वल, रमेश अर्याल र सुभाष चौलागाईले दावी गरेपछि मुख्य नेतृत्व चयन हुन नसकेको हो ।

उत्साहपूर्ण रुपमा उद्घाटन समारोह आयोजना गरेको माओवादीको बन्दसत्रले ६५ सदस्यिय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।

२०६ जना नगर प्रतिनिधिले ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको प्रमुख निर्वाचन अधिकृत श्यामकुमार शर्मा दाहालले जानकारी दिनुभयो ।

त्यसैगरि प्रदेश प्रतिनिधिको लागि पाँच जना पनि सर्वसम्मत बनेका छन । तर ७ सदस्यीय पदाधिकारीमा सहमति जुट्न नसक्दा निर्वाचन प्रकृया अघि बढाईएको थियो ।

अध्यक्ष सहित पदाधिकारीको लागि ७ पदमा १४ जनाको मनोनयन दर्ता भएर सूची प्रकाशित गरिएको छ । मध्यरातमा मनोनयन दर्ता सूची प्रकाशित गरेर प्रकृया स्थगित गरिएको सहायक निर्वाचन अधिकृत महेश्वर अधिकारीले जानकारी दिनुभयो । केही पदमा एक÷एक जनाको मनोनयन दर्ता भएको भएपनि प्रकृया पुरा भइनसकेकोले निर्वाचन समितिले अधिकारिकता दिएको छैन ।

नगर अध्यक्षको लागि पार्टीमा लामो समयसम्म नेतृत्व गरेर हाल जिल्ला समन्वय समिति बाराका सदस्य रहेका बेनीबहादुर मुक्तानलगायत नगर सचिव मोहनबहादुर खड्का, सन्तोष दंगाल, रमेशकुमार अर्याल र सुभाष चौलागाईले दाबी गरेका छन् । दंगाल पनि जिल्ला समन्वय समितिका सदस्य हुन् भने अर्याल पूर्वगाउँ विकास कमिटी सचिव तथा वडा नम्बर ४ कमिटीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । चौलागाई निजगढ नगर उद्योग वाणिज्य संघका सदस्य हुनुहुन्छ । त्यसैगरि साविक नगर कमिटी सदस्य छिरिङ दोर्जे बलले समेत अध्यक्षमा दाबी गर्नु भएको हो ।

त्यसैगरी तीन सदस्यीय उपाध्यक्ष पदमा पनि ४ जनाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षको लागि धनबहादुर खुलाल, जगजीवन कुवर, जीरीमाया बल, धनमाया लामाले मनोनयन दर्ता गरेका हुन । त्यस्तै सहसचिवमा दुई जनाले मनानयन दर्ता गरेका छन् । सहसचिवमा शेख अन्जर र फुलमाया लामा घलानले मनोनयन दर्ता गराएका छन् ।

कमिटीको सचिव र कोषाध्यक्ष पदमा एक÷एक जनाको मनोनय दर्ता भएपछि सर्वसम्मत निर्वाचित भएका हुन् । तर निर्वाचन प्रकृया नसकिएकाले निर्विरोध चयन भएको घोषणा हुन सकेको छैन् ।

कमिटीको सचिवमा सञ्जयलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित वडा नं. ३ का भिमबहादुर लोप्चन, छिरिङ दोर्जे बल, चेतबहादुर मोक्तान, विशु कुमार दलार्मी, क्षेत्रबहादुर बल, सीतामाया घिसिङ, रविनामाया स्याङतान निर्वाचित भएका छन् ।

नगर कमिटी सदस्यमा वडा नम्बर ४ का विशन सापकोटा, रमेशकुमार अर्याल, श्यामकुमार कुशवार, नेत्रबहादुर कार्की, विकाश धामी, सोनामन्तीकुमारी धामी, मिना कुमाल, बेनीबहादुर मुक्तान, कुमारी माझि, निरबहादुर लामा, यशोदा बुढाथोकी निर्वाचित भएका छन् । त्यसैगरि वडा नं. ५ का तारादेवी खड्का, देवीप्रसाद चौलागाई, रिता देवकोटा, सुनिता कुमारी खुलाल, शुभाष चौलागाई निर्वाचित भएका छन् ।

त्यसैगरि वडा नम्बर ६ का धनमाया लामा, कमल राउत, आरती सुनार, अम्बिका सिग्देल, कृष्ण बहादुर लामा, माधव रिमाल, षडानन्द गौतम, गोपाल सापकोटा र वडा नम्बर ७ का टिकामाया लामा, सविनामाया घिसिङ, अचुतप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । वडा नम्बर ८ का सन्तोष दंगाल, सालिकराम ढुंगाना, अनिता महरा, जिरीमाया बल, कमला रेग्मी, कुमार लामा योञ्जन, सञ्जन लाल श्रेष्ठ निर्वाचित भएका छन् । वडा नम्बर ९ का शेख अन्जर, अफताब मियाँ, धनकुमारी दर्जी, प्रेमकुमारी थापा खड्का निर्वाचित भएका छन् । वडा नम्बर १० का रितामाया बोम्जन, विके तामाङ, सुमित्रा लोप्चन, रमेश कुमार कार्की निर्वाचित भएका छन् । वडा नम्बर ११ का जगजीवन कुमर, फुलमाया गोले, फुलमाया डिङडुङ, सुरेन्द्र ठाकुर निर्वाचित भएका छन् । वडा नम्बर १२ का रामप्रसाद जमकट्टेल, धनबहादुर खुलाल, दिलकुमारी तामाङ निर्वाचित भएका छन् । त्यसैगरि वडा नम्बर १३ का सानुमाया गोले, विजयमान मोक्तान, बलबहादुर मोक्तान निर्विरोध निर्वाचित भएका छन् ।

 

नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलनको प्रतिनिधिको लागि निजगढबाट संगम लोप्चन, तारा खड्का, धनमाया लामा, बुद्धसिं लामा र जीरीमाया लामा निर्वाचित भएका हुन् ।

 

सर्वसम्मत नगर कमिटि निर्वाचित गरेको माओवादी पदाधिकारी समेत सर्वसम्मत चयन गर्ने दबाबमा छ । राती १ बजेसम्म सयौं प्रतिनिधि र कार्यकर्ता पार्टी प्यालेसमा सहमतिको लागि दबाब दिएका थिए । सहमतिमा पदाधिकारी चयनको लागि समय माग गरेपछि निर्वाचन मण्डलले पुस ३ गतेसम्मको म्याद दिएको छ । मतदान पूर्व नै सहमति जुटाएर नेतृत्व चयन गर्ने सम्भावना रहेकाले नेताहरुले जनाएका छन् ।

निजगढ नगरपालिका वडा नम्बर– ८ बजारस्थित निजगढ बैंन्क्यूट एण्ड सेमिनार हलमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य रविराज दंगालले दिप प्रज्वलन गरेर उद्घाटन गरेको नगर सम्मेलनमा नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा करिब ८ सय ५० बढी नेता–कार्यकर्ता सहभागि भएका थिए । एक हजार पार्टी ६८ जना संगठित सदस्य रहेको माओवादीको दुई सय ६ जना नगर प्रतिनिधि, ४० जना पर्यवक्षक, एक सय स्वयम्सेवकसहित सयौं नेता–कार्यकर्ता कार्यक्रममा सहभागि भएका थिए ।

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारा जिल्ला समन्वय समिति सदस्य बेनीबहादुर मुक्तान, सन्तोष दंगाल, सञ्जिब लोप्चन, कुमारबहादुर मुक्तान, रामचन्द्र साफि, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार सिद्धिलाल लोप्चन, अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य सञ्जय श्रेष्ठ, नेपाली कांग्रेस निजगढ नगर समितिका सभापति नबराज तिमल्सिना, नेकपा एमाले निजगढका नेता थानेश्वर सापकोटा, नेकपा एकिकृत समाजवादी पार्टी नगर कमिटी संयोजक भिमप्रसाद सापकोटा, राप्रपा निजगढ नगर कार्यसमिति सचिव राजेन्द्रप्रसाद सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी निजगढ नगर अध्यक्ष मोजहर मंसुरले शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी वाईसियल नेपाल क्षेत्र नं. १ ‘क’ का संयोजक विशन सापकोटा, अखिल नेपाल महिला संघ (कान्तिकारी) निजगढ नगर इन्चार्ज जिरीमाया बल, निजगढ नगर अध्यक्ष धनमाया लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य श्री महेश्वर अधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) निजगढ नगर अध्यक्ष सुमन खुलाल, वाईसियल नेपाल निजगढ नगर इन्चार्ज रमेश अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) निजगढ नगर सचिव मोहन बहादुर खड्काको सभाअध्यक्षमा भएको कार्यक्रमको सञ्चालन अपाङ्ग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले गर्नु भएको थियो ।

कार्यक्रममा गायक राम्तेल मोक्तानसहित अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) मा आवद्ध विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here