राजन कुमार बानिया
पोखरिया,कृषि सामग्री कम्पनीको प्रादेसिक कार्यालय वीरगन्जले मल सकिएको भन्दै गत २७ गते आइतबारदेखि बिक्री÷वितरण बन्द गरेपछि पर्सा जिल्लाको ग्रामिण क्षेत्रहरुमा मलखादको कालोबजारी बढेको छ । मल खाद अभाव भएको मौका छोपी व्यापारी र कृषि सहकारी संस्थाहरुले महगो मूल्यमा बिक्री गर्न थालेका हुन ।
सरकारले युरिया मलको अधिकतम बिक्री मूल्य प्रतिबोरा ८ सय ५० रुपैयाँ र डिएपी मलको मूल्य अधिकतम प्रतिबोरा २ हजार २ सय रुपैयाँ तोकेको छ । तर, पर्साका व्यवसायीहरुले भने युरिया मल अहिले २ हजार रुपैयामा र डिएपी मल ३ हजार पाच सय रुपैयाँमा बिक्री गरिरहेका छन् । मल व्यवसायीहरुले युरिया मल खुद्रामा ४० रुपैयामा बितरण गरिरहेको धोबिनी गाउँपालिका जगरनाथपुर गाउँकी ५० वर्ष की महिला किसान रजिया देबी रामले बताउनुभयो । रजियाले मल खाद किन्न जादा पसलेले शुरुमा छैन भन्ने र पछि बढी रकम लिएर बेच्ने गरेको सुनाउनुभयो । उहाँले आफूले ४० रुपैया प्रतिकिलोको दरले मल खरिद गरेको बताउनुभयो ।
जिल्लाको अमरपटी, प्रसौनी, धोरै, पकहा, खेसराहा, सबैठवा, भिस्वा, जयमंगलापुर, टिहुकी, चारगाहा, मिर्जापुर, भलवहिया, जानकिटोला, दसौता, पाँडेपुर पिडारीगुठी, बलुवा, सुवर्णपुर, बिजयबस्ती, ठोरी, लंगडी, मुडली, पोखरिया, सिरिसिया, बिन्दबासनी, महुवान, सेढवालगायत गाउँमा रहेका पसलहरुमा व्यपारीले प्रतिकेजी ४० रुपैयाका दरले युरिया मल बेच्दै आएका हुन । जिल्ला प्रसाशन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको निष्क्रियताका कारण मलमा कालोबजारी भएको किसानहरुको भनाइ छ ।