नरेश गुप्ता

बरियारपुर,बाराको हुलाकी मार्गमा सवारी दुर्घटना हुने क्रम दिनहुँ बढदै गएको छ । सवारीसाधनको अत्यधिक चाप र तीव्र गतिका कारण सवारी दुर्घटना हुने क्रम बढेको चालकहरू नै बताउछन ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ औधापुरस्थित कलैयाबाट पिलुवातर्फ जादै गरेको ना.३४ प.२८०६ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउदै गरेको ना.४६ प. ८४८६ नम्बरको अर्को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदाँ कलैया उपमहानगरपालिका .वडा नम्बर २ बस्ने मोटरसाइकल चालक वर्ष ५० को खेदु रामको दाहिने हात भाँचिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार भएका छन । सोही दिुर्घटनामा मोटरसाइकलको पछाडि सवार कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर बस्ने रहम मन्सुरको छोरा वर्ष १९ का अरवाज मन्सुरको शरीरको बिभिन्न भागमा चोट लागेको थियो । घाइते दुबैजनालाई उपचारको लागि कलैया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल वीरगन्ज रिफर गरिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्यसैगरी कलैया– बरियारपुर सडकखण्ड अन्तर्गत महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुअवा बस्ने जयकरण सहनीले चलाएको ना.१२ प३९६९ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री गम्भीर घाइते भएका छन । .बरियारपुरबाट लंगडाचौक जाने क्रममा जिल्ला बारा पचरौता नगरपालिका वडा नम्बर ८ बस्ने साइकल चालक बनालसी राय यादवको छोरा अन्दाजी वर्ष ५० को रामविश्वास राय यादवलाई पनि पछाडिबाट ठक्कर दिदाँ टाउकोमा चोटपटक लागेपछि उनलाई पनि उपचारको लागि न्युरो अस्पताल वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here