अनिल तिवारी
सिमरा – नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को प्रथम अधिवेशनबाट अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सोमवार सिमरामा सम्पन्न महासंघको प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिव दिवाकर भण्डारी, सचीव फणीदेव महत, सहसचिव परिश कर्ण, कोषाध्यक्ष गणेश साह रहनुभएको छ । यसैगरी सदस्यमा बिजय चौहान, श्याम गुप्ता, अच्युतम सापकोटा र नविन कुमार नवल चयन हुनुभएको हो ।

 

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष चौहानले सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारको भुमिका अहम हुने बताउनुभयो । पत्रकारितालाई विश्वसनीय बनाउन फोटोपत्रकारिताको महत्त्व बढ्दै गएको भन्दै अध्यक्ष चौहानले यसको समग्र विकासका निम्ति महासंघले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

 

 

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछानेले फोटोपत्रकारितामा बढदो आकर्षणले समग्र पत्रकारिताको विकास हुनेमा आफू आशावादी रहेको बताउनुभएको थियो । फोटोपत्रकारिता विशुद्ध प्राविधिक बिषय रहेको र तस्वीरको माध्यमबाट समाजलाई सूसुचित गर्ने क्षेत्र रहेको हुँदा फोटोपत्रकारको दक्षता र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमुलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने कुरामा उहाँले जोडदिनुभयो ।

 

 

 

 

नेपाल फोटोपत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मीले पत्रपत्रिका र टेलिभिजनमा फोटो, भिडियोको काम गर्ने पत्रकारहरुलाई संगठित बनाएर अघि बढाउन महासंघले भुमिका खेलिरहेको बताउनुभयो । महासंघले काठमाडौंमा मात्र नभई देशका सबै जिल्लामा सक्रिय रुपमा काम गर्ने पत्रकारहरुलाई संगठित गर्ने, फोटो र भिडियोको माध्यमबाट सम्बन्धित जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, क्षमता अभिवृद्धि गर्ने लगायत गतिविधिलाई अघि बढाइरहेको बताउनुभयो ।

 

 

 

 

महासंघ प्रदेश २ तदर्थ समितीका अध्यक्ष राम सरराफको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचीव गुरुप्रसाद गौतम, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचीव फणीदेव महतले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here