पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को डकाहा खेल मैदानमा जारी वडा अध्यक्ष कप २०८० अन्तर्गत बुधवारको खेल ओजेल यूवा क्लब टाँगियावस्तीले जितेको छ ।पर्साको वीरगञ्ज सिटी युवा क्लबलाई दुई शुन्य गोले अन्तरमा पराजित गर्दै टाँगियावस्ती क्वाटरफाईनलमा प्रवेश गरेको छ । टाँगियावस्तीको जितका लागि साईमन गुरुङ्ग र रोशन लामाले एकएक गोल गरेका थिए ।पहिलो हाफअघि गुरुङ्गले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका लामाले नै गोल थपेर ओजेलको जित सुनिश्चित पारेका थिए ।खेलको अन्तिम समयमा डि बक्स नाघेर बल धकेलिदिएका कारण वीरगञ्ज सिटीको पहिलो रोजाइका गोल किपर रामजाने चौधरी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा समेटिएको वीरगञ्ज सिटीले दिशासान अंसारीलाई गोल रक्षकमा मैदानमा उतारेको थियो ।बुधवारको खेलको म्यान अफ दि म्याच ओजेल युवा क्लबका साईमन गुरुङ्ग घोषित भए ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा जारी प्रतियोगितामा विजयी टोलीले ५० र उपविजेता टोलीले २५ हजार नगर पुरस्कारसहित ट्रफी प्राप्त गर्ने छन् । कार्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here