सिमरा, नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल बाराको नवौं जिल्ला अधिवेशन चैत्र १४ गते हुने भएको छ ।
कलैयामा आइतवार बसेको पालिका स्तरीय बैठकले अधिवेशनको मिति तोक्दै विभिन्न निर्णय गरेको हो ।बैठकले कलैयामा गरिने अधिवेशनको तयारीका लागि प्रचार, आर्थिक, व्यवस्थापन, जनपरिचालन र प्रतिवेदन तयारी समिति समेत गठन गरेको छ । विधानले तोकिए बमोजिम जिल्ला अधिवेशन सम्पन्न गरिने र राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने निर्णय बैठकले गरेको छ ।संघका जिल्ला संयोजक राम यादवको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज सीता सुबेदी, प्रदेश संयोजक मोविन आलम, केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज तिलक घलान, केन्द्रीय सदस्य ईराज कोईराला, भावना आचार्य, दिपिका साह, एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेसहित १६ पालिकाका पदाधिकारी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।


















