मानव जीवनका लागि औषधी अमृत नै हो । धेरै रोगको उपचार औषधी नै हो । मानौं औषधीको व्यवस्था थिएन भने बिश्वका कति नागरिकहरुको अकालमै ज्यान जाने थियो होला । त्यसैगरी आजभन्दा केही वर्ष अगाडि अथवा हाम्रा पूर्खाहरुको जीवन पनि औषधीकै अभावका त्यसरी नै खेर जाने थियो । त्यसैले पनि औषधी अमृत समान हो ।

नेपालमा पनि लगभग सबै रोगका औषधीहरु पाइन्छन् तर सहज छैनन् । अझै सरकारले कति प्रकारका औषधीहरु निःशुल्क रुपमा स्वास्थ्य चौकीहरुमा उपलब्ध गराएको छ । तर ती स्वास्थ्य चौकीहरुमा औषधीको अभाव छ । अनि कसरी नागरिकहरुले औषधी पाउन सक्छन् र जीवन बचाउन सक्छन् र ? नेपालमा शिक्षा र स्वास्थ्यमा अझै पनि लापारबाही छ ।

यसको उदाहरण बाराकै एक स्वाथ्य चौकी पनि बनेको छ । आम नागरिकहरुका लागि सहज हुनु पर्ने औषधी जस्तो विषयमा सरकार अझै स्थानीय सरकारहरु बेखर जस्तै बन्नु आफैमा लाज मर्दो कुरा हो । त्यसैले पनि औषधीको अभाव नहोस् र हुन पनि दिनुहुन्न । औषधीको अभाव स्वास्थ्यचौकीमा हुनु भनेको नागरिकहरुको स्वास्थ्यमा खेलवाड गर्नु नै हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here