हुनत रोग लागेपछि मानिसहरु त्यसैपनि आत्तिने गर्दछन् । वास्तवमा रोग लागेपछि नागरिकहरु आत्तिनुको पछाडी पनि धेरै कारणहरु हुन्छन् । रोग लागेपछि धेरै बर्ष बाच्न सकिन्न भन्ने त्रास त हुन्छ नै तर उपचार अभावमा पनि धेरैको ज्यान गएको हुन्छ । नेपालको सवालमा कुरा गर्ने हो भने ह्ृदयघात,मृगौला रोगका कारण मानिसहरुको ज्यान जानेक्रम बढेको छ ।

 

 

 

 

 

केही बर्ष अगाडिसम्म सरुवा रोगका कारण मानिसहरु प्रभावित हुने गर्दथे तर अहिले नसर्ने रोगका कारण बढी नागरिकहरु प्रभावित भएको देखिन्छ । नेपालमा पछिल्ला दिनमा नसर्ने रोगका बिरामीहरुको संख्या बढेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटक मृगौला प्रत्यारोपणमा लाग्नु भएको छ ।

 

 

 

 

 

 

उपचार सफल पनि भएको छ। प्रधानमन्त्रीको एक त साहस उच्च देखिन्छ त्यसमा पनि स्वदेशमा नै मृगौला फेर्ने प्रधानमन्त्रीको निर्णय सकारात्मक छ । उहाको आत्मबलको सबैले प्रशंसा गर्न आवश्यक छ । तर,अंग प्रत्यारोपणका सवलामा रहेको मौजाद कानुन भने फर्न आवश्यक छ । यो सायद प्रधानमन्त्रीले पनि बुझेको हुनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here