हेटौंडा – मकवानपुरमा विभीन्न सात वटा योजना निर्माण गर्ने गरी संघीय सरकारले समपुरक वजेट छुट्याएर काम गर्न लागेको छ । समपुरक योजना मध्यमा अधिकांश योजना मकवानपुरको क्षेत्र नम्बर २ मा रहेका छन् । संघीय सरकारको अर्थ मन्त्रालयले राखेको वजेट अहिले राष्ट्रिय योजना आयोग मार्फत काम गर्ने खालका स्थानीय तहलाई यो वजेट केही दिन अघि मात्र छुट्याएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो ।
मकवानपुरमा सात वटा समपुरक योजनामा ६ करोड ६३ लाख रुपैयाँ छुट्याएर काम गर्न लागिएको हो । संघिय सरकारले केही दिन अगाडी समपुरक वजेटमा काम गर्ने स्थानीय तहका लागि यो रकम पठाउन लागेको हो । सात वटा योजनामा सडक निर्माण, खानेपानी, पुल निर्माण, गाउँपालिका भवन निर्माण लगायतका योजना छन् ।
समपुरक सात वटा योजना मध्यमा मकवानपुरको इनद्रसरोवर गाउँपालिकामा खड्गु, सुकौरा, कालापानी सडक योजनाका लागि ९३ लाख रुपैयाँ वजेट छुट्याएर काम गर्ने तयारी भएको छ । थाहा नगरपालिकाको सरस्वती वजारको सडकका लागि ८० लाख र थाहा नगरपालिका वडा नम्बर १० को कालाट सडकका लागि ८० लाख रुपैयाँ विनीयोजित गरिएको सांसद खतिवडाले वताउनुभयो ।
मकवानपुरको मनहरी हाँडीखोला मकरीमा पुल निर्माणका लागि ५९ लाख रुपैयाँ, भिमफेदी गाउँपालिकाको भवन निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ समपुरक वजेटमा छुट्टीएको हो । मकवानपुर गढी गाउँपालिका कार्यालय वागदली र देविडाँडा जोड्ने पुल निर्माणका लागि एक करोड ११ लाख लागतमा सामरी खोलामा पुल निर्माण गरिने उहाँले वताउनुभयो । मकवानपुरको वकैया जुरेलीमा खानेपानी योजना निर्माण गर्नका लागि एक करोड रुपैयाँ संघीय सरकारले दिने भएको छ ।