कलैया,बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय नेपाल राष्ट्रिय मावि कवहीगोठमा कक्षा ६ मा अध्ययनरत राजेन्द्र रामको १३ बर्षिय छोरा छोटेलाल कुमार राम रहेका छन । विद्यालयबाट घर फर्किने क्रममा बिहीवार बिहान ११ बजे बरियारपुरबाट कवहीगोठतर्फ जादै गरेको मोटरसाइकलले रामलाई ठक्कर दिएको थियोे ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रामलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएको र उपचारको क्रममा बिहीवार राति उनको मृत्यु भएको स्थानीय बिनोद गिरीले जानकारी दिनुभएको छ ।मृतक रामका बुवा रोजगारीको शिलशिलामा भारतमा रहेको बताइएको छ ।

वीरगञ्जको अलौमा ट्रिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १७, अलौमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।दिउँसो करिब ४ः१० बजे वीरगञ्जबाट अलौतर्फ जाँदै गरेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए ।टाउको र छातीमा चोट लागेका उनलाई तत्काल पावर हाउसस्थित नीलकण्ठ अस्पताल वीरगन्ज पठाइएकोमा उपचारका क्रममा ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रतनपुर टोलका २९ वर्षीय सुकुरुला अंसारी घाइते भएका छन् ।उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ । नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको उनको अवस्था मध्यम रहेको बताइएको छ । दुर्घटनालगत्तै प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय कृष्णप्रसाद पटेललाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय श्रीपुर पर्सा पठाइएको छ ।

Leave a Reply