नरेश गुप्ता

बरियारपुर,१८औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयसेविका दिवस बारामा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ ।

‘स्वास्थ जीवनशैली हाम्रो आवश्यकता, संकट न्यूनीकरणमा स्वास्थ्य स्वयसेविका’ मन्ने मुल नाराको साथ जिल्लाको महागढीमाई नगरपालिका स्वास्थ शाखाको आयोजनामा स्वास्थ्य स्वयसेविका दिवस मनाइएको हो । महागढीमाई स्वास्थ शाखा संयोजक अजय सिंहको अध्यक्षतामा निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

र्यालीमा सहभागीहरुले स्वस्थ्य रहौं, सफा पानी पियौं, सरसफाइमा ध्यान दिऔं, पौष्टिक खानेकुरा सेवन गरौंं, माद्क पदार्थको प्रयोग नगरौ जस्ता नारा लगाएका थिए । कार्यक्रममा नगर भित्रका विभिन्न स्वास्थ्य केन्द्रका महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फोटो पनि छ ।

Leave a Reply