पोखरिया,प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टीको चमरी टोलबाट अवैध काठसहित नम्बर नखुलेको एउटा मोटरसाइकल बरामद गरेका छन ।

प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक जितनप्रसाद यादवको कमान्डमा गएको टोलीले बिहीबार बिहान ४ बजेको समयमा महादेवपट्टीको चमरी टोलबाट एकथान सालको काठ र मोटरसाइकल बरामद गरेको हो ।

काठ तस्करले बसन्तपुर रेन्जपोष्टको जगंल क्षेत्रबाट तस्करी गरेर भारतको भंगहा बजारतर्फ लगिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले काठ लोड भएको मोटरसाइकल बरामद गरेको हो । प्रहरीलाई देखेपछि तस्करहरु काठ र मोटरसाइकल छोडी फरार भएको प्रहरीले जनाएको छ ।

बरामद मोटरसाइकल नम्बर प्लेट नभएको भएपनि भारतीय नागरिकको रहेको प्रहरीले बताएको छ । बरामद मोटरसाइकल र काठ थप अनुसन्धानको लागि महादेवपट्टीमा राखिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here