निजगढ,निजगढ नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखाको आयोजनामा महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार निजगढमा सडक नाटक प्रदर्शन गरिएको छ ।
निजगढ बाल संजालका कलाकारहरुले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बुद्ध चोकमा बाल विवाह, महिला हिंसा र दुव्र्यसनीविरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन ।
‘घरैबाट सुरु गरौं, बाल विवाह अन्त्य गरौं ।’ भन्ने शीर्षकको सो नाटकमा प्रजुल पुडासैनी, कृतिका धिताल, स्वस्तिका बोलखे, सुरज साह र सुजन दहालले मुख्य कलाकारको भुमिका निर्वाहा गर्नुभएको थियो । सडक नाटक अवलोकन गर्न निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलगायत कार्यालयका कर्मचारीहरु र स्थानीय सर्वसाधारणको समेत ठुलो संख्यामा उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत कार्कीले छोटो मन्तव्य दिएपछि सडक नाटक कार्यक्रम बिसर्जन भएको थियो । बाल संजालको स्वामित्वमा सडक नाटक प्रर्दशन गरिएको हो ।


















