जियालाल चौधरी

कोल्हबी,महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ अवस्थित रामनगर बिर्तामा थरुहट थारुवान राष्ट्रिय सम्मेलन कार्यक्रम शनिबार एक समारोहकाबीच सप्पन्न भएको छ ।

थरुहट थारुवान महोत्तरीका संयोजक कमल सिंह थारुको अध्यक्षता र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुको प्रमुख आतिथ्यमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका सदस्य श्रवण थारु, प्रभु सिंह, बद्रीनारायण चौधरी, बैजु राजवंशी थारु लगायत हजारौंको संख्यामा थारु समुदायको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले थारुहरुको बाहुल्यता रहेको नगरपालिकामा स्थानीय सरकारको प्रमुख थारु हुनु पर्ने त्यसका लागि सम्पुर्ण थारुहरु एकजुट भएर अघि बढनु पर्छ भन्ने संदेश दिनुभयो र साथै टिकापुर घट्नामा मुछिएका र घरबार बिहिन भएका निर्दोषहरुको रिहाइको माग पनि उहाँले गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य कमल सिंह थारुले दिनुभएको थियो भने कार्यक्रमको संचालन भुपूसैनिक श्याम चौधरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here